श्रीलङ्कामा न्यून आय भएका परिवारका लागि दुई हजार घर निर्माण गरिने

कोलम्बो । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले निम्न आय भएका परिवारका लागि श्रीलङ्का सरकारले दुई हजार नयाँ आवास उपलब्ध गराउने बताएका छन् ।
अक्टोबर महिनाको पहिलो सोमबार मनाइने विश्व वासस्थान दिवसका अवसरमा एक सन्देश जारी गर्दै राष्ट्रपति विक्रमासिङ्घेले श्रीलङ्काले दिगो विकास लक्ष्य हासिल गर्न आवश्यक रहेको र देशले यस्तो समाज निर्माण गर्नुपर्ने बताएका छन् । उनले मानिसहरू आफ्नै घरमा खुशीसाथ बाँच्न सकून् भन्ने सरकारको सदिक्षा रहेको बताए ।
उनले भने, “यो योजनालाई वास्तविकतामा परिणत गर्न सरकारले न्यून आय भएका परिवारका लागि दुई हजार आवास निर्माण सुरु गर्नेछ । यो परियोजनाले सहरी क्षेत्रलाई मात्र नभई अर्ध–सहरी जनसङ्ख्यालाई पनि फाइदा पु¥याउनेछ ।”
राष्ट्रपति विक्रमासिङ्घेले न्यून आय भएका परिवारलाई उनीहरूको आवश्यकताका बारेमा परामर्श गरी आवास एकाइ उपलब्ध गराउनुपर्ने बताए ।
















प्रदेश स्तरीय बाह्रसिङ्गा ब्याडमिन्टन प्रतियोगिता सुरु
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कती ?
बुद्धको जन्मजयन्तीको शुभकामना दिंदै प्रधानमन्त्री बालेन- ‘साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ’
काठमाडौंको बल्खु क्षेत्रमा पनि चल्यो डोजर (तस्बिरहरू)
टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
प्रतिक्रिया