नवौँ राष्ट्रिय खेलकुद : म्याग्दीमा खेलमैदान तयार

म्याग्दी । म्याग्दीमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुने खेलमैदान तयार पारिएको छ ।
यहीअसोज २७ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको बेनीमा महिला भलिबल र तेक्वान्दोको प्रतिस्पर्धा हुँदैछ । जिल्ला खेलकुद विकास समितिले खेलमैदान निर्माण, मर्मत, खेलाडीको आवास र अभ्यासस्थलको व्यवस्थापन गरिएको जनाएको छ ।
समितिका अध्यक्ष दिनेश केसीले भलिबल सञ्चालन हुने बेनीको खुल्लामञ्च खेलमैदानमा दुई वटा भलिबलको कोर्ट निर्माण र प्याराफिट रङरोगन गरिएको जानकारी दिए । “खेलमैदानको ढुङ्गासहितको माटो खनेर फालेर बाहिरबाट माटो ल्याएर हाली रोलरले फेलेर सम्माएका छौँ”, उनले भने, “बेनी नगरपालिकाले बनाएको खुल्लामञ्चको प्याराफिटमा रेलिङ हालेर रङ लगाउने काम सकिएको छ ।”
राखेपले पठाएको रु पाँच लाख बजेटबाट खुल्लामञ्चमा खेलमैदान तयार पारिएको हो । तेक्वान्दो प्रतियोगिता सञ्चालन हुने कालीपुलको कबर्डहलमा पङ्खा, बत्ती जडान, शौचालय, सयनकक्ष मर्मत, रङरोगन र भवन अगाडि ढलान गरिएको जिल्ला खेलकुद विकास समितिका प्रशिक्षक कर्ण प्रधानले बताए ।
बेनी नगरपालिकाले विनियोजन गरेको रु तीन लाख बजेटबाट तेक्वान्दो प्रतियोगिता सञ्चालन हुने कालीपुल कबर्डहलको मर्मत गरिएको हो । प्रतियोगितामा खेलाडी, प्रशिक्षक र व्यवस्थापनका लागि ११ वटा टिमका ६१७ जना म्याग्दीमा आउँदैछन् ।
होटल व्यवसायी सङ्घको समन्वयमा खेलाडीलाई राख्ने होटल व्यवस्थापन भएको छ । बेनी नगरपालिकाको ७ र ८ नम्बर वडाकार्यालयले अतिथि सत्कार, सरसफाइ, झाँकी प्रदर्शनीका लागि विभिन्न उपसमिति बनाएर तयारी गरेका छन् ।















मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर, युके पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको भाउ बढ्यो
कस्ताे रहला आज देशभरकाे मौसम पूर्वानुमान
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
प्रतिक्रिया