क्वेडरको एक जेलमा भएको दङ्गामा परी तेह्र जनाको मृत्यु

इक्वेडरको एक जेलमा भएको दङ्गामा परेर कम्तीमा पनि १३ जनाको ज्यान गएको छ । यहाँका जेल अधिकारीले बुधबार राति सो जेलमा भएको झडपका क्रममा ज्यान जानेको सङ्ख्या १३ पुगेको जनाएका हुन् । उनका अनुसार इक्वेडरको दक्षिणपश्चिमी सहरको गावाकील भन्ने स्थानमा रहेको जेलमा बन्दीहरुकाबीचमा झडप भएको थियो । सो झडपमा परेर बुधबार केहीको ज्यान गएको थियो ।
घाइतेहरुलाई अस्पताल राखिएकामा थपको मृत्यु भएको थियो । सो जेलमा प्राय लागूऔषधका कारोबारीहरुलाई राखिएको छ । उनीहरुका दुई पक्षका बीचमा सो झडप भएको बताइएको छ ।त्यस झडपमा परेर अरु केही घाइते भएका पनि यहाँको जेल सेवाका अधिकारीहरुले जनाएका छन् । उक्त जेलमा रहेका दुई पक्षका बीचमा झडप भएपछि प्रहरीले बल प्रयोग गर्नुपरेको थियो । तर ती दुवै पक्षले आपसमा झगडा गर्ने र जेलका पूर्वाधारहरु तोडफोड गर्न खोजेको थिए ।
यस देशमा यसै वर्षको फेब्रुअरीदेखि देशका विभिन्न जेलमा तोडफोड सुरु गरेका छन् । तीमध्ये अधिकांश जेल लागूऔषधका कारोबारीहरु राखिएका जेलका रहेका छन् । यसरी भएका भिडन्तहरुमा परेर फेब्रुअरीदेखि अहिलेसम्म कम्तीमा पनि चार सय जनाले ज्यान गुमाएका यहाँको आन्तरिक व्यवस्थापन मन्त्रालयले जनाएको छ ।
















प्रकृतिको पूजा गर्दै उभौली सुरु
अक्षय कुमारकाे ‘भूत बंगला’ ले अहिलेसम्म कति कमायाे ?
50 landless settlers from Balkhu and Bansighat get registered
कृषिमन्त्री चौधरीद्वारा प्रमुख बालीको न्यूनतम समर्थन मूल्य निर्देशिका जारी
सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
२६ अंकले घट्यो नेप्से, काराेबार रकम साढे ६ अर्ब
प्रतिक्रिया