गगनसिंह थापाको आठौं कृति ‘अस्ताचलको ढोकाबाट’ बिमोचन

कैलाली ।आख्यानकार गगनसिंह थापाको आठौं कृति ‘अस्ताचलको ढोकाबाट’ उपन्यासको उनको गृहनगर टीकापुरमा एक कार्यक्रममा विमोचन गरिएको छ ।
उपन्यासको विमोचन गर्दै वरिष्ठ साहित्यकार रामलाल जोशीले थापाको लेखकिय शैलीलाई उनको कृति कर्णालीको छेउछाउ देखि नै आफुले पछ्याउँदै आइ रहेको छु भने । सूदुर पश्चिम र कर्णाली क्षेत्रको भाषा, संस्कृति र सभ्यतालाई थापाका कृतिहरुले मुलधारमा लगेको र आफुहरुले त्यसलाई अगाडि बढाउन प्रयास गरिरहेको उनले बताए ।
अस्ताचलको ढोकाबाट कृति संस्मरण र उपन्यासको उच्च काब्यिक समिश्रण रहेको र यसमा लेखकले आफ्नो मृत्यु पछिको अलौकिक स्वप्न यात्रालाई पुर्वीय दर्शनमा टिक्दै जिवन्त कथा बनौट गरेको पाइन्छ , प्रा. डा.धनकृष्ण उपाध्यायले पुस्तक माथी समिक्षा गर्दै उक्त अवसरमा बताए । वास्तबमै यो कृति नेपाली साहित्यका लागि नृसिंह अवतार हो ।
देवकोटा साहित्य कला परिवारका अध्यक्ष बलबहादुर रावलको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकारहरु कर्णबहादुर थापा , धनन्जय तिमिल्सिना ,टीकापुर विकास समितिका पुर्व अध्यक्ष मिनबहादुर रावल, स्व. थापाका छोरा हिक्मत थापा र छोरी पदमिनी थापाले समेत थापाको ब्याक्तित्व र कृति माथी आफ्ना मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजीकरण पत्रकार परमानन्द पाण्डेले गरेका थिए ।
स्वर्गीय साहित्यकार थापाका सोह्र सौगात (कथा सङ्ग्रह ,२०३५),कर्णालीको छेउछाउ (उपन्यास ,२०७१) , पुर्खाको चिट्ठी (उपन्यास ,२०७२),मेरो मधुशाला (उपन्यास , २०७४), उज्ज्वली (लघु उपन्यास, २०७६), महाप्रलय (उपन्यास , २०७७) र मरुभूमिकि महारानी (लघु उपन्यास , २०७७) कृतिहरु प्रकाशित छन ।









जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री
समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा छरियो शतबीज (तस्बिरहरू)
प्रतिक्रिया