मंगलबार, माघ १३, २०८२

एमालेबाट हत्या अभियोगमा फरार महतोले दिए उम्मेदवारी

मेरोन्यूज २०७९ असोज २३ गते १६:४१

काठमाडौँ । हत्या अभियोगमा फरार सूचीमा रहेका लक्ष्मी महतोले महोत्तरी १ मा मनोनयन दर्ता गराएका छन् । आइतबार जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी एमाले प्रवेश गरेलगत्तै उनले प्रतिनिधिसभाका लागि मनोनयन दर्ता गराएका हुन् ।

महतोले आफ्ना प्रतिनिधि तथा कार्यकर्ता मिथिलेश साहमार्फत क्षेत्र न. १ स्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराए । मधेस आन्दोलनमा नेपाल प्रहरीका असई थमन विकलाई हत्या गर्ने मुख्य योजनाकारको रूपमा वारेन्ट जारी भएका महतो फरार अभियुक्त हुन् ।

यदि, निर्वाचन आयोगले महतोलाई सफाइ दिए उनले माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलसँग प्रतिस्पर्धा गर्ने छन् । यसअघिको निर्वाचनमा महतो संघीय समाजवादी फोरमबाट पोखरेलसँगको प्रतिस्पर्धामा पराजित भएका थिए ।

प्रतिक्रिया