पुटिन र युएईका राष्ट्रपतिबीच मस्कोमा भेटवार्ता हुने

काठमाडौँ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र संयुक्त अरब इमिरेट्स (युएई)का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानबीच मङ्गलबार मस्कोमा भेटवार्ता हुने भएको छ ।
राष्ट्रपति अल नाह्यानले राष्ट्रपति पुटिनसँग युएई र रुसबीचको मैत्रीपूर्ण सम्बन्धका साथै विभिन्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दा र साझा चासोका घटनाक्रमबारे छलफल गर्नु हुने युएईको सरकारी समाचार संस्था डब्लुएएमले जनाएको छ ।
साउदी अरबको नेतृत्वमा रहेको ओपेक समूह र ओपेक प्लस भनेर चिनिने रूसलगायत उसका सहयोगीले तेलको मूल्य बढाउनका लागि तेल उत्पादन कटौती गर्ने निर्णय गरेको केही दिनपछि यो भ्रमण हुन लागेको हो ।
मस्कोसँग सकारात्मक सम्बन्ध राख्ने खाडी मुलुकहरू युक्रेनमाथि रुसको आक्रमणको आलोचना गर्न हिचकिचाइरहेका छन् । आक्रमणको केही हप्तापछि गत मार्चमा कतारका विदेशमन्त्री इरानको आणविक सम्झौता र युक्रेनमा जारी द्वन्द्वबारे छलफल गर्न रुसको राजधानी रुस गएका थिए ।
गत मे महिनामा आफ्ना भाइको निधनपछि औपचारिक रूपमा राष्ट्रपतिको कार्यभार सम्हालेपछि शेख मोहम्मदको यो तेस्रो विदेश भ्रमण हुने छ ।
















दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
वडा सीमा विवाद सुल्झाउने मापदण्डको सुझावमाथि अध्ययन जारी
श्रम क्षेत्रका समस्या समाधानको अगुवाइ मजदुर सङ्गठनले गर्नुपर्छ : माधव नेपाल
बेलायतमा ए स्टार नेपाल बास्केटबल लिगको रौनकः दर्शकको आकर्षण बढ्दो
प्रकृतिको पूजा गर्दै उभौली सुरु
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
प्रतिक्रिया