बाढीबाट पाँच सयभन्दा बढीको मृत्यु
मेरोन्यूज
२०७९ असोज २६ गते १५:४५

भारी वर्षाका कारण आएको बाढीमा परी यो वर्ष नाइजेरियामा पाँच सयभन्दा बढीको मृत्यु भएको छ । बाढीमा परेर एक हजार पाँच सय ४६ जना घाइते भएका छन् । हालसम्म ३१ राज्य र सङ्घीय राजधानी क्षेत्रमा बाढीबाट १४ लाखभन्दा बढी प्रभावित भएका तथा सात लाख ९० हजार दुई सय ५४ जना विस्थापित भएका मानवीय मामिला, विपद् व्यवस्थापन तथा सामाजिक विकास मन्त्रालयका स्थायी सचिव नासिर सानी–ग्वारजोले बताएका छन् ।
बाढीबाट ४४ हजारभन्दा बढी घर आंशिक रूपमा क्षतिग्रस्त भएका तथा ४५हजार घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । एक लाख ४० हजार हेक्टरभन्दा बढी खेतीयोग्य जमिन आंशिक वा पूर्ण रूपमा क्षति भएको अबुजामा बाढीको अवस्था अद्यावधिक गर्ने क्रममा एक जना सरकारी अधिकारीले बताए ।
सम्बन्धित
















बल्खुकाे सुकुम्बासी बस्तीका एकजना बागमतीमा मृत फेला
सभामुख अर्यालद्वारा बुद्ध जयन्तीको शुभकामना व्यक्त
रुसको ड्रोन आक्रमण तीव्र, अप्रिलमा नयाँ रेकर्ड
हामी मौन बस्दा प्रश्न मर्छन्, अब याे ब्रत तोड्ने बेला आयो : गगन थापा
रोल्पा जिप दुर्घटनामा ज्यान गुमाएका २० जनाकै पहिचान खुल्यो
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
प्रतिक्रिया