बुधबार, चैत ४, २०८२

विदेशबाट आउने यी चार सामानको प्रतिबन्ध लम्बियो

मेरोन्यूज २०७९ असोज २८ गते १६:१८

काठमाडौँ । विदेशी ब्राण्डका महँगा रक्सी (मदिरा)सहित चार प्रकारका सामान आयातमा लाग्दै आएको प्रतिबन्ध लम्बिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक निर्णय गर्दै विदेशी मदिरा, महँगा गाडी (कार, जिप, भ्यान), १५० सिसी इञ्जिन क्षमतामाथिका मोटरसाइकल र महँगा मोबाइल आयातको प्रतिबन्ध लम्बाएको हो । अब आगामी मङ्सिर २९ गतेसम्म यी सामान ल्याउन नपाइने भएको छ ।

मन्त्रालयका अनुसार दुई सय डलरभन्दा बढी मूल्यका सेल फोन (मोबाइल सेट)को आयातमा समेत कडाइ जारी राख्ने भएको छ ।

यसअघि गत वैशाख १३ गते निर्णय गर्दै सरकारले अत्यावश्यक बाहेकका १० प्रकारका वस्तुहरूको आयातमा प्रतिबन्ध लगाएको थियो ।

योसँगै महँगा विदेशी मदिरा, मोबाइल, मोटरसाइकल, गाडीमाथि लाग्दै आएको प्रतिबन्ध कायम रहँदै आएको थियो ।

प्रतिक्रिया