टिभिएसले एक्सचेञ्ज मेला आयोजना गर्दै

काठमाडौँ । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले ‘टिभिएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला’ आयोजना गर्दै छ । यही असोज ३१ देखि कार्तिक ५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा मेला आयोजना हुन लागेको हो ।
मेलामा ग्राहकले कुनै पनि ब्राण्डका पुरानो बाइक तथा स्कुटर एक्सचेञ्ज गर्दा आर्कषक छुट तथा उपहार पाउने छन् । यस मेलामा सहभागी हुने ग्राहकले आफ्नो पुरानो बाइक तथा स्कुटर एक्सचेञ्ज गरेर टिभिएसको मोटरसाइकल र स्कुटर लिँदा पाउने छन् ।
बजार मुल्याङ्कनभन्दा सात हजार बढी, साथै नकिन्दै एक लाख र किन्दा १० लाखसम्मको नगद छुटको योजना रहेको छ । यो योजनामा आर्कषक फाइनान्स अफर पनि समावेश छ । जसअन्तर्गत न्यूनतम २५ प्रतिशत डाउनपेमेन्ट र चार हजार २७७ को मासिक इएमआइमा बाइक तथा स्कुटर लिन सकिन्छ । यसबाहेक ग्राहकले हेलमेट, बाइक कभर, र ब्याग जस्ता उपहार पनि प्राप्त गर्न सक्ने छन् ।
जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएसका दुई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मन मस्तिष्कमा उच्च स्थान जमाउन सफल छ ।
गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डका रुपमा स्थापित छ ।

















इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई
इरानमा भएकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
प्रतिक्रिया