पहिलो फिल्म नै फ्लप बनाउन चाहन्थे सलमान

एजेन्सी (मुम्बई) / बलिउडमा सलमान खान एक यस्ता अभिनेता हुन्, जसलाई लिएर फिल्म बनाए फिल्म हिट हुने मान्यता छ । तर कमैलाई थाहा होला कि सलमान भने आफ्नो पहिलो फिल्म फ्लप होस् भन्ने चाहन्थे ।
सलमानले आफ्नो पहिलो फिल्मको यात्रा जेके बिहारीको ‘बीवी हो तो ऐसी’ बाट गरेका थिए । यो फिल्ममा उनले रेखाको देवरको भूमिका निर्वाह गरेका थिए । जब निर्देशकले यो फिल्म बनाउने योजना बनाए, त्यो बेला रेखाको देवरका रुपमा कुनै नयाँ अनुहारलाई लिन चाहन्थे ।
उनले अडिसन राख्दा पहिलो दिन कोही आएनन् । अडिसनमा कोही नआएपछि उनले जो पहिलो कलाकार अडिसन दिन आउँछ, उसैलाई त्यो भूमिका दिने निर्णय लिए । यो पहिलो कलाकार सलमान नै थिए ।
सलमान पहिलो फिल्मको अभिनयबाट खुशी थिएनन् । त्यहीकारण उनी फिल्म फ्लप बनाउन चाहन्थे । उनमा आफूले राम्रो काम गर्न नसकेको डर थियो । त्यही डरका कारण उनले निर्देशकले भने अनुसार काम गर्न सकेका थिएनन् ।
















विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
इरान युद्धमा सहयोगका लागि नाटोलाई दबाब दिँदै ट्रम्प
अनरको ‘म्याजिक एट सिरिज’ सार्वजनिक, कति पर्छ मूल्य ?
जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री
चार जिल्लामा भारी वर्षा
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
प्रतिक्रिया