मंगलबार, चैत १०, २०८२

नवौँ राष्ट्रिय खेलकुदः महिला कुस्तीमा सबै स्वर्ण सेना र सुदूरपश्चिमलाई

मेरोन्यूज २०७९ कार्तिक १ गते १३:२८

पूर्वी नवलपरासीमा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिलातर्फ कुस्तीमा सबै स्वर्ण पदक विभागीय टोली नेपाली सेना र सुदूर पश्चिम प्रदेशले हातपारेका छन् । मङ्गलबार भएको प्रतिस्पर्धामा विभागीय टोली नेपाली सेना र सुदूर पश्चिम प्रदेशले समान पाँच–पाँच स्वर्ण पदक हात पारेका हुन् । नेपाली सेनाका लागी ५७ केजी तौल समूहमा लक्ष्मी तामाङ्ग, ६२ केजी तौल समूहमा सुशिला चन्द, ६५ केजी तौल समूहमा निर्मला जागरी, ६८ केजी तौल समूहमा मिरा आउजी र ७६ केजी तौल समूहमा रचना श्रेष्ठले स्वर्ण पदक जिते ।

Advertisement
nepal life insurencenepal life insurence

त्यसैगरी सुदूरपश्चिम प्रदेशका लागी ५० केजी तौल समूहमा दमयन्ती बोहोरा, ५३ केजी तौल समूहमा मनिसा सिंह, ५५ केजी तौल समूहमा सङ्गिता धामी, ५९ केजी तौल समूहमा कोमल खत्री र ७२ केजी तौल समूहमा हेमा भट्टले श्रेष्ठले स्वर्ण पदक जितेका हुन् । कुस्तीमा महिलातर्फ विभिन्न १० वटा तौल समूहका खेलमा ५९ महिला खेलाडी सहभागी थिए । कावासोती–१६स्थित थारु राष्ट्रिय सङ्ग्रहालयको हलमा सञ्चालन भएको उक्त प्रतियोगितामा तीन विभागीय टोली सशस्त्र, आर्मी र पुलिसका साथै सात प्रदेशका दश टोलीको सहभागिता थियो ।

प्रतिक्रिया