बिहीबार, पुष १०, २०८२

नाइजेरियाको चर्चमा आक्रमण हुँदा दुई जनाको मृत्यु

मेरोन्यूज २०७९ कार्तिक १ गते १५:३०

काठमाडौँ । नाइजेरियाको मध्य क्षेत्रमा एक चर्चमा भएको आक्रमणमा परी दुई जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएका नाइजेरियाली प्रहरीले सोमबार जनाएको छ । घटना आइतबार अबेर राति भएको हो ।

अज्ञात बन्दुकधारीको समूहले केन्द्रीय राज्य कोगीको फेले क्षेत्रको सेलेष्टियल चर्च अफ क्राइष्टमा एक कार्यक्रममा भाग लिइरहेका उपासकलाई अन्धाधुन्ध गोली प्रहार गरेको प्रान्तीय राजधानी लोकोजामा राज्यका प्रहरी प्रवक्ता विलियम ओभिए आयाले बताए ।

दुई महिला उपासक पहिले नै मारिएका र अन्य धेरै घाइते भएका जनाइएको छ । प्रहरी पुगेपछि बन्दुकधारी फरार भएका थिए ।

आक्रमणकारीको खोजी भइरहेको र मृतकहरुलाई शव गृहमा राखिएको र घाइतेको नजिकैको अस्पतालमा उपचार भइरहेको प्रहरी अधिकारीले बताएका छन् । अहिलेसम्म आक्रमणकारी पक्राउ परेको घोषणा गरिएको छैन ।

प्रतिक्रिया