मंगलबार, चैत १०, २०८२

म्याराथनमा गण्डकीका लागि अनिसले जिते पहिलो स्वर्ण

मेरोन्यूज २०७९ कार्तिक १ गते १६:०७

काठमाडौँ । एथलेटिक्स म्याराथन दौडमा गण्डकी प्रदेशका खेलाडी अनिस थापा मगरले स्वर्ण पदक जितेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

पोखरा रंगशालामा मंगलबार भएको प्रतिस्पर्धामा मगरले निर्धारित दुरी दुई घण्टा २२ मिनेट ५४ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन् । म्याराथन प्रतियोगितामा १८ जना सहभागी थिए ।

त्रिभूवन आर्मी क्लवका कृष्ण बस्नेतले रजत पदक जिते । उनले दुई घण्टा २३ मिनेट १४ सेकेण्डमा पूरा गरे ।

सशस्त्र प्रहरी बल एपीएफका सन्तोष विक्रम बिष्टले दुई घण्टा ३० मिनेट ५४ सेकेण्डमा दुरी पूरा गर्दै कास्य पदक जिते । राष्ट्रिय खेलकुदको इतिहासमा म्याराथनमा गण्डकीले स्वर्ण पदक जितेको यो पहिलो रेकर्ड हो ।

प्रतिक्रिया