शुक्रबार, पुष ११, २०८२

डेंगुबाट थप एक जनाको मृत्यु, संक्रमितको संख्या करिब ४२ हजार

मेरोन्यूज २०७९ कार्तिक १ गते १६:३३

काठमाडौँ । डेंगु संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै हालसम्म डेंगुबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ । गत साउनदेखि सुरु भएको डेंगु रोगको प्रकोप ७७ वटै जिल्लामा फैलिसकेको छ ।

सोही अवधिमा देशभर एक हजार ७१४ जना डेंगु संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार हालसम्म देशभर ४१ हजार ७४३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया