मंगलबार, चैत ३, २०८२

एनसेलको साधारण सभा कात्तिक २५ मा

मेरोन्यूज २०७९ कार्तिक २ गते ९:३१

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले कात्तिक २५ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । सभामा कम्पनीले आर्थिक वर्ष २०७८/७९ को लाभांश प्रस्ताव पेश गर्नेछ । कम्पनीले लाभांश दर भने उल्लेख गरेको छैन ।

Advertisement
nepal life insurencenepal life insurence

साथै, सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने तथा ऋणका विषयमा पनि छलफल गर्ने एजेन्डा छ ।

प्रतिक्रिया