सानिमा माई हाइड्रोपावरको आज एजीएम, लगानीकर्तालाई नगद लाभांश
मेरोन्यूज
२०७९ कार्तिक २ गते ९:३८

काठमाडौं । सानिमा माई हाइड्रोपावरको लाभांश लगायतका महत्वपूर्ण एजेन्डा पारित गर्न आज बुधबार साधारण सभा बस्दैछ ।
सानिमा माईले सभामा ५.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव लैजाँदैछ । यसले गत वर्षको नाफाबाट नगद लाभांश दिन लागेको हो । साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ ।
सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि कम्पनीले असोज १२ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा असोज ११ गतेसम्म कायम सेयरधनीले कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
सम्बन्धित

















इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया