मंगलबार, चैत ३, २०८२

‘मी’सँग तिहार : १२ दिन १२ टिभी

मेरोन्यूज २०७९ कार्तिक २ गते १४:४९

काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले तिहार २०७९ को अवसरमा आफ्ना ग्राहकका लागि आश्चर्यजनक अफर ल्याएको छ । यस अफरअन्तर्गत ग्राहकले कुनै पनि शाओमी, रेड्मी, वा पोको फोनको खरिदमा मी टिभी फोर ए प्रो ३२ जित्ने मौका पाउने छन् ।

Advertisement
nepal life insurencenepal life insurence

‘नेपालमा शाओमी लञ्च भएदेखि हामीले हाम्रा फ्यानबाट अप्रत्याशित माया र समर्थन पाएका छौँ, तिहारको यो शुभ अवसरमा हाम्रा ग्राहकहरूका लागि लागि ‘१२ दिन १२ टिभी’ अफर सुरु गर्न पाउँदा हामी अत्यन्त खुशी छौँ,’ शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले भने, ‘यस चाडपर्वको अवसर पारी ग्राहक वर्गमा उत्साह थप्न मी का फोन किन्न इच्छुकहरुका लागि मीको टिभी जित्ने अफर ल्याएका छौँ ।’

अफरअन्तर्गत कुनै पनि शाओमी, रेड्मी, वा पोको फोनको खरिदमा ग्राहकहरूले मी टिभी फोर ए प्रो ३२ जित्ने मौका पाउने छन् । लक्की ड्रमा सहभागी हुन ग्राहकले दिइएको क्यु आर कोड स्क्यान वा ३१००७ मा आईएमईआई नम्बर पठाउनु पर्ने छ ।

प्रत्येक दिन एक जना भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत मी टिभी फोर ए प्रो ३२ इञ्च टिभी जित्ने मौका पाउने छन् । यो अफर कार्तिक २ देखि कार्तिक १३ गतेसम्म मान्य हुनेछ ।

प्रतिक्रिया