मेषलाई सामाजिक कामबाट सम्मान मिल्ने, अन्य राशीको कस्तो छ आज ?

काठमाडौं । आजको पात्रो : ३ कात्तिक २०७९, बिहीबार । अक्टोबर महिनाको २० तारिक २०२२ । कात्तिक कृष्णपक्ष दशमी, विष्टि करण, अश्लेषा नक्षत्र, शुभ योग, चन्द्रमा कर्कट राशिमा रहेको छ । आज बिहान सूर्योदय ०६ः०६ मा भएको छ भने सूर्यास्त ५ः३० मा हुनेछ ।
बिहीबार अध्ययन, अनुसन्धान काममा ध्यान दिन उत्तम हुनेछ । आजका देवता लक्ष्मी, र ग्रहदेव सूर्य हुन् । अहिलको समयमा शुक्र अस्त भएका कारण कामना गरेर शुभकार्य नगर्दा राम्रो हुनेछ । आजको दिन दिनको १ः१५ देखि २ः४० सम्मको समय राहुकाल रहेको छ । यो समयमा शुभकार्य नगर्दा राम्रो हुन्छ । विहीबारका दिन शैक्षिक कार्यका लागि शुरुवात गर्न सकिन्छ ।
आजको राशिफल :
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
सामाजिक र धार्मिक कामबाट मानसम्मान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ, आफूभन्दा उच्च व्यक्तिबाट प्राप्त हुने सम्मानले मनमा खुसी छाउने छ । नयाँ काम गर्न मन लाग्नेछ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
आकस्मिक धन लाभ हुनेछ । व्यापार व्यवसायबाट नसोचेको आर्थिक लाभ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ । सामाजिक सेवामा मन जानेछ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
धन लाभ र नयाँ नयाँ खबरले मनमा खुसियाली छाउने छ । घरपरिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ । सत्कार्यका लागि गरेको कामअनुसारको फल प्राप्त हुनेछ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
कर्कट राशिका जातक आज यात्रा गर्न लाग्नु भएको छ भने यात्राबाट फाइदा पुग्नेछ । आजको दिन सोचअनुसारको काम गर्दा फाइदा हुन्छ । व्यापारमा नयाँ लगानी गर्न पनि सकिन्छ । अध्ययन अध्यापनमा लागेका कर्कट राशिका जातकका लागि नयाँ अवसर प्राप्त हुनेछ । चन्द्रमाको साथ रहेको छ । आजको दिन सूर्यनारायणको दर्शन गर्नुहोला ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
सिंह राशिका जातकले बिहीबार बिहान सूर्योदयको दर्शन गर्नुहोला । अनावश्यक विवाद हुनसक्छ । आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ । आजको दिन मौन रहेर आफ्नो नियमित कार्य गर्नुहोला । अध्ययनमा रुचि छ भने नयाँ पुस्तक अध्ययनको थालनी शुभ हुनसक्छ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
नयाँ स्थानमा यात्रा गर्नुपर्ने हुनसक्छ । नयाँ मित्रमण्डलीसँगको भेटले कार्यगत उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ । स्त्रीको साथ र सहयोग लिएर कुनै काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ ।
तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते)
तुला राशिका जातकका लागि मानसिक असन्तोष र सोच अनुसारको काम नहुँदा चिन्ता थप हुनसक्छ । मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापारमा हुनुहुन्छ भने आजको दिन फाइदा हुन्छ । धैर्यको आवश्यकता हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु होला ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
आज बिहान सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आज शुरुवात गरेको कामबाट सफलता प्राप्त हुनेछ । तपाईंमाथि अनावश्यक आरोप लाग्नसक्छ । नियमित काम गर्दा होसियारी, धैर्य आवश्यक छ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
परिवार तथा आफन्तजनको साथ सहयोगले कार्य प्रगति हुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन व्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । आजको दिन मित्रमण्डलीबाट असहयोग हुनसक्नेछ । सहयोग नहुँदा पनि मनमा उर्जाका लागि देवालय र शिवालयको दर्शन गर्नु उत्तम हुनेछ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
आजको दिन सोचअनुसारको काम हुने भएकाले नयाँ काम गर्नसक्नुहनेछ । आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ । आफ्नो कर्मयात्रामा हिडिरहेकालाई नसोचेको सम्मान मिल्नसक्छ । धेरै खुसी र दुःखी नभइकन आफ्नो काम गरिरहनु होला । मनमा निकै हर्ष छाइरहने छ विहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
मनमा अति प्रसन्नता छाउने छ । आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुभयो भने मानसम्मान मिलनेछ । सामाजिक काममा मन जानेछ । तपाईले गरेको कार्यको परिवारका सदस्य समेत खुसी हुनेछन् ।
मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
बिहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम हुनेछ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्नेले आजको दिन बिहान सूर्यस्तोत्र पाठ गर्दा सकारात्मक सोच बढ्नेछ । तपाईंले गर्न खोजेको काममा पनि सफलता मिल्नेछ । यात्रा र धार्मिक कार्यमा लाग्नु भयो भने मनमा उत्साह भरिने छ । आजको दिन सामाजिक सेवामा वित्नेछ ।
















युक्रेनबारे यसै साता अबुधाबीमा वार्ता हुने क्रेमलिनद्वारा पुष्टि
बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण
पुस महिनाको मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत
त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया