बुधबार, चैत ४, २०८२

नबिल बैंकले फोनलोनको सीमा बढायो

मेरोन्यूज २०७९ कार्तिक ३ गते १७:४९

काठमाडौँ । नबिल बैंकले नबिल फोनलोनको न्यूनतम सीमा र आफ्नो डिजिटल फाइनान्सिङ प्रडक्टको दायरा बढाएको छ । यसअघि नबिल फोनलोनको सीमा एक लाख रहेकोमा त्यसलाई बढाएर दुई लाख बनाएको छ । यसका अतिरिक्त यस्तो लोन लिनका लागि योग्य समूहको दायरा पनि केही बढाइएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

नबिल बैंक, फोनलोनको अवधारणा कार्यान्वयनमा ल्याउने देशकै पहिलो बैंक हो । अब नबिल बैंकमा नियमित बचत खाता सञ्चालन गर्ने ग्राहक तथा नबिल बैंकसँग आबद्ध क्यूआर मर्चेन्टहरु पनि फोनलोनका लागि योग्य हुने छन् । यसअघि बैंकमा तलब खाता भएकाले मात्र यस्तो लोनको सुविधा पाइरहेका थिए ।

यस्तै, नबिल बैंकले फोनलोनका अफरहरुलाई अपग्रेड गरेको छ । अब यस्तो लोनका लागि योग्य ग्राहकले नबिल स्मार्ट बैंक एपको स्क्रिनमा फोनलोनको आइकन देख्ने छन् । बैंकले ग्राहकको सुविधाका लागि ‘बाइ नाउ पे लेटर’को सुविधा तथा लोनबापत लिएको रकम चुक्ता गर्न इएमआईको सुविधा उपलब्ध हुने भएको छ ।

ग्राहकहरूले खरिद गर्दा कुनै पनि फोन पे मर्चेन्ट क्यूआर कोडहरू स्क्यान गर्न सक्छन् । आफ्नो खरिदको मासिक किस्तामा भुक्तानी गर्न चेकआउटको बेला ‘बाइ नाउ पे लेटर’को विकल्प रोज्न सक्छन् ।

आफ्ना फोनलोन बक्यौता चाँडै तिर्न खोज्ने ग्राहकहरूले आफ्नो फोनलोन सीधै आफ्नो एपबाट प्रिपे गर्ने विकल्प पनि उपलब्ध हुनेछ । यसअन्तर्गत बैंकले कुनै पूर्व भुक्तानी शुल्क नलिई ग्राहकहरूको खातामा पर्याप्त रकम भएमा ऋणको तत्काल निकासी गर्न अनुमति दिन्छ ।

प्रतिक्रिया