पोखराका व्यवसायी आन्दोलित, राष्ट्र बैंक घेर्ने चेतावनी

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले अस्वभाविक रूपमा ब्याजदर बढाएपछि पोखराका व्यवसायी आन्दोलित भएका छन् । होटल संघ पोखराले एकतर्फी रूपमा बढाएको ब्याजदर तत्कालै नघटाए राष्ट्र बैंक र अर्थ मन्त्रालय घेराउ गर्ने चेतावनी दिएको छ ।
संघअन्तर्गतका व्यवसायी भेला भएर बैंक तथा वित्तीय संस्थाविरुद्ध संघर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका हुन् । संघका अध्यक्ष लक्ष्मण सुवेदीले तिहारसम्म कुर्ने र ब्याजदर नघटाए आन्दोलन सुरु हुने बताए ।
‘तिहारसम्म हेर्छौं, नभए राष्ट्र बैंक र अर्थ मन्त्रालय घेर्ने निर्णय भएको छ,’ उनले भने, ‘७ प्रतिशतमा लिएको ब्याज अहिले १८ प्रतिशत पुग्यो, हामीले कसरी तिर्ने यत्रो ब्याज ?’
कोरोनाले थलिएको व्यवसायमा चर्को ब्याजदरले झनै आक्रान्त पारेको उनको भनाइ छ । होटल संघ मात्रै होइन, पोखराका उद्योगी व्यवसायीको छाता संस्था पोखरा उद्योग बाणिज्य संघ पनि बैंकविरुद्ध खनिएको छ ।
संघले बैठक नै बसेर आन्दोलनका कार्यक्रम तय गरेको छ । संघले ब्याजदर १ अंकमा झार्न माग राखेको छ । उद्योग व्यवसाय कोरोनाका कारण थलिएको र अहिले बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएपछि झनै आक्रान्त हुने अवस्था आएको संघका बरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले बताए ।
‘बैंकहरुले ब्याजदर अस्वभाविक रुपमा बढाए, सबै बाँच्नुपर्छ, तर यो त अति भएन र ?,’ उनी भन्छन्, ‘आइतबार सरोकारवालाको बैठक राखेका छौं । बैठकले जे निर्णय गर्छ त्यही कार्यान्वयन हुन्छ ।’
उनले आन्दोलन गर्नुको विकल्प नभएको बताए । व्यवसायीले आरोप लगाए जस्तो बैंकले ब्याजदर नबढाएको बैंकहरुको भनाइ छ । अहिले डिपोजिटमा पनि दर बृद्धी भएको छ । त्यतिमात्रै होइन, बजारमा मुद्रा तरलता नभएका कारण लगानी गर्ने पैसा नभएको उनीहरुले बताए ।
बैंकले आफूखुशी ब्याजदर बढाए पनि नियामक निकाय राष्ट्र बैंक चुप छ । बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको ब्याज ७ प्रतिशतबाट १५ प्रतिशत हुँदै अहिले १८ प्रतिशतसम्म पुगेको छ ।
वित्तीय संस्थाले ४० प्रतिशत सम्म लाभांश बाँड्दा घाटामा रहेको व्यवसायिक क्षेत्रलाई भने तर्साउने नियतका साथ काम गरिरहेको व्यवसायीहरुको आरोप छ । अहिले यहाँका अधिकांश बैंकको लगानी अनुत्पादक क्षेत्रमा छ ।

















इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
प्रतिक्रिया