आज धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस मनाईदै

काठमाडौं । आयुर्वेद विज्ञानका प्रवर्तक धन्वन्तरिको स्मरणमा आज देशभर धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस कार्यक्रम मनाइदै छ । हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन देशभरका आयुर्वेद संस्थाहरुमार्फत यो दिवस मनाउने गरिएको छ ।
आज नरदेवीस्थित आयुर्वेद चिकित्सालय र अन्य आयुर्वेद संघ संस्थाहरुमा आरोग्य दिवसको रुपमा धन्वन्तरिको पूजा अर्चना गरी मनाईदै छ ।
कल्पिक चिकित्सा विभागका महानिर्देशक डा. बासुदेव उपाध्यायले जातीले आफ्नो आहार विहार र निन्द्रा जस्ता व्यवहारलाई ध्यान नदिदा अस्वस्थता बढ्दै गएको बताए ।
स्वस्थ रहने उपाय आफैसंग छ भन्ने कुरालाई मनन गरी प्रत्येक व्यक्तिले संयमित जीवनशैली, उचित आहार विहार योगसन, ध्यान, प्राणायम आदिको माध्यमबाट सामान्य स्वाथ्यको नियमलाई व्यवहारमा उतार्नुपर्ने बताए । उनले स्वस्थ जीवनशैलीको माध्यमबाट नै आरोग्य, आत्मविश्वास र वौद्धिक मनोवल बृद्धि गर्न सकिने बताए । तत्कालिन समयमा आयुर्वेदको आठ विभागमा अस्टांग आयुर्वेदको नाममा विकास भएको देखिन्छ । विभागका डा मुनकर्ण थापाले स्वस्थ जीवनशैलीका लागि विभिन्न अभियान सुरु गरेको चर्चा गर्दै यसलाई स्थानीय तहसम्म पुर्याइएको बताए । उनले देशका ७७ वटै जिल्लामा आयुर्वेद चिकित्सा सेवा, जेष्ठ नागरिक सेवा, स्तनपायी आमा दुग्घ वर्धक औषधि वितरण, नागरिक आरोग्य कार्यक्रम विद्यालय आयुर्वेद तथा योग कार्यक्रम, आयुर्वेद शिविर, खुल्ला योग तथा व्यायम लगायतका कार्यक्रमहरु सञ्चालन भएको बताए ।
















कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
वातावरण प्रदूषण गर्ने १२ सवारीसाधन नियन्त्रणमा
महिला टी–२० च्यालेन्ज ट्रफी : नेपालसँग रुवान्डा पराजित
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
प्रतिक्रिया