त्रिशूलीको शेयरका लागि ७८ हजारको आवेदन

काठमाडौँ । त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणलाई बिक्री गरेको शेयर बापतको बाँकी रकम चुक्ता गर्न झण्डै ७८ हजार शेयर धनीले आवेदन दिएका छन् । कम्पनीले शेयरबापतको रकम बुझाउन गत असोज ४ गतेदेखि आवेदन माग गरेको थियो ।
कम्पनीको शेयर बाँडफाँटमा शेयर पाई प्रतिकित्ता १० बुझाएका जम्मा एक लाख ५४ हजार पाँच सय ५९ जना सर्वसाधारण शेयर धनीमध्ये झण्डै ७८ हजारले प्रतिकित्ता बाँकी ९० बुझाएका छन् । यसबाट १६ करोड १० लाख सङ्कलन भएको छ ।
साविकका सर्वसाधारण शेयर धनीबाट अङ्कित मूल्यको ९० प्रतिशतले हुन आउने प्रतिकित्ता बाँकी ९० का दरले ३३ करोड ३४ लाख ५० हजार सङ्कलन गरिने छ । यही कात्तिक १७ गतेसम्म आवेदन दिने अन्तिम दिन हो । कम्पनीका प्रबन्ध सञ्चालक मोहनप्रसाद गौतमले अन्तिमअगावै आवेदन दिन शेयर धनीलाई आग्रह गरे ।
‘जनताको जलविद्युत्’ कार्यक्रमअन्तर्गत कम्पनीले २०७५ को चैतमा सर्वसाधारणका लागि ३७ लाख पाँच हजार कित्ता (कम्पनीका कर्मचारीका लागि आरक्षण गरिएकोसमेत) शेयर निष्काशन गरी प्रतिसेयर एक सय अङ्कित मूल्यको न्यूनतम १० प्रतिशतले हुने १० मात्र सङ्कलन गरेको थियो ।
कम्पनीको शेयर बाँडफाँटमा शेयर पाई प्रतिकित्ता १० बुझाएका जम्मा एक लाख ५४ हजार पाँच सय ५९ जना सर्वसाधारण सेयरधनीले प्रतिकित्ता बाँकी ९० बुझाउनु पर्नेछ । रकम बुझाउने अन्तिम मितिसम्म कम्पनीले जनताको जलविद्युत् कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ मा वार्षिक आठ प्रतिशत व्याज दिनु पर्ने प्रावधानबमोजिम शेयर धनीले प्रतिकित्ता तीन व्याज प्राप्त गर्ने हुँदा हाल प्रतिकित्ता ८७ मात्र जम्मा गरे हुनेछ ।
आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट उपलब्ध गराइएको ‘मेरो सेयर’ सफ्टवेयरबाट समेत शेयरधनीले रकम बुझाउन÷आवेदन दिन सक्नेछन् । शेयरधनीले यसरी रकम भुक्तानी गर्दा आश्वा शुल्कसमेत तिर्नुपर्ने छैन । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले रसुवा र नुवाकोटमा ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीमा नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमको ३०÷३० प्रतिशत संस्थापक शेयर छ ।
कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको पाँच प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको पाँच प्रतिशत, रसुवा तथा नुवाकोटवासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको पाँच प्रतिशत शेयर रहने छ ।
आयोजनाको कूल अनुमानित लागत निर्माण अवधिको व्याजबाहेक सात अर्ब ४४ करोड ५६ लाख ४८ हजार रहेको छ । निर्माण अवधिको ब्याज ७८ करोड १७ लाख ९३ हजारसहित आयोजनाको कूल लागत रु आठ अर्ब २२ करोड ७४ लाख ४१ हजार पुग्ने अनुमान गरिएको छ ।
निर्माण अवधिको ब्याजबाहेकको आयोजनाको अनुमानित निर्माण लागत सात अर्ब ४४ करोडमध्ये ३० प्रतिशत स्वपुँजी (रु दुई अर्ब ४७ करोड) र ७० प्रतिशत ऋण (रु पाँच अर्ब ७६ करोड)बाट लगानी जुटाइएको छ ।

















इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
प्रतिक्रिया