लिभरपुल च्याम्पियन्स लिगको अन्तिम १६ मा

काठमाडौं । इंग्लिस क्लब लिभरपुलले बुधबार आयाक्समाथि ३-० को जितसहित च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । योर्गान क्लोपको टोली च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको यो लगातार छैटौं पटक हो ।
४२औं मिनेटमा मोहम्मद सलाहले लिभरपुलका लागि खाता खोलेका थिए । च्याम्पियन्स लिगको पछिल्लो चार खेलमा सलाहले गरेको यो छैटौं गोल हो । ४९औं मिनेटमा डार्विन नुनेजले लिभरपुलको अग्रता दोब्बर पारे । त्यसको तीन मिनेटपछि हार्भे इलियटले लिभरपुलका लागि तेस्रो गोल गरेका थिए ।
लिभरपुल पाँच खेलमा १२ अंकसहित समूह ए को दोस्रो स्थानमा छ । समान खेलमा १५ अंक जोडेको नेपोली शीर्ष स्थानमा छ । नेपोली यसअघि नै अन्तिम १६ मा प्रवेश गरिसकेको छ । तेस्रो स्थानको आयाक्सको तीन अंक छ भने चौथो स्थानको रेन्जर्सले अंक खाता खोल्न सकेको छैन ।
समूह चरणको अन्तिम खेलमा नेपोलीमाथि फराकिलो जित निकालेमा मात्र लिभरपुल समूह ए को विजेता बन्नेछ । समूह ए कै अर्को खेलमा नेपोलीले रेन्जर्सलाई ३-० ले हरायो ।
















प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
दासत्व पीडितहरूको स्मृति दिवस आज
बुधवारका लागि विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : पश्चिमी वायु सक्रिय, केही स्थानमा चट्याङसहित वर्षा हुने
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया