दक्षिण अफ्रिकासँग भारत पराजित

काठमाडौं । दक्षिण अफ्रिकाले आइसिसी टी २० विश्वकपअन्तर्गत समूह ‘दुई’मा आइतबार राति भारतलाई ५ विकेटले पराजित गरेको छ । पर्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रनको योगफल तयार गरेको थियो ।
जवाफी ब्याटिङका उत्रिएको अफ्रिकाले १९।४ ओभरमा ५ विकेट गुमाएर १ सय ३७ रन बनायो । अफ्रिकाका लागि डेभिड मिलरले ४६ बलमा ४ चौका र ३ छक्कासहित अविजित ५९ रनको महत्त्वपूर्ण इनिङ खेले ।
यस्तै, एडेन मारक्रमले ४१ बलमा ६ चौका र १ छक्कासहित ५२ रनको अर्धशतकीय इनिङ खेलेका थिए । अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।
भारतका लागि अर्शदीप सिंहले दुई तथा मोहम्मद सामी, हार्दिक पाण्डेया र रविचन्द्रन आस्विनले १–१ विकेट लिए ।
पहिलो इनिङमा भारतका लागि सूर्यकुमार यादवले ४० बलमा ६ चौका र ३ छक्कासहित ६८ रनको अर्धशतकीय इनिङ खेलेका थिए । अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेका थिएनन् ।
बलिङतर्फ अफ्रिकाका लागि लुङ्गी एनगिडीले ४ ओभरमा २९ रन खर्चेर सर्वाधिक ४ विकेट लिएका थिए । यस्तै वाइन पर्नेलले ३ तथा अनरिच नोर्ट्जेले १ विकेट लिए ।
















ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम
कांग्रेसको १५औँ महाधिवेशन भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र सञ्चालनमा
पोखरामा भोलिदेखि दोस्रो संस्करणको वाडा अटो शो सुरु हुँदै
वीरगञ्ज आइपुग्यो ‘जाउँ है पोखरा’ अभियान
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
निवर्तमान सभापति देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान
प्रतिक्रिया