शनिबार, पुष १२, २०८२

नर्वेमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

मेरोन्यूज २०७९ कार्तिक १५ गते १९:१४

काठमाडौँ । पश्चिमी नर्वेमा मङ्गलबार हेलिकोप्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा अर्का एकजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटना ट्रोन्डहेमको उत्तरपूर्वी भेर्डल नगरपालिकामा मध्य बिहान भएको थियो ।
दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ । नर्वेका सञ्चार माध्यमहरूमा प्रकाशित तस्बिरले उक्त दुर्घटनाग्रस्त हेलिकोप्टर खेतमा खसेको देखिन्छ ।

अन्य दुई हेलिकोप्टर, एक उद्धार सेवा र एम्बुलेन्स हेलिकोप्टर घटनास्थलमा पठाइएको जानकारी दिइएको छ । दुर्घटनाग्रस्त हेलिकोप्टर भाडामा लिइएको थियो ।

प्रतिक्रिया