यौन दुर्व्यवहारको आरोपमा डब्ल्यूएचओका शीर्ष अधिकारी निलम्बित

काठमाडौं । गत महिना एक स्वास्थ्य सम्मेलनमा एक बेलायती डाक्टरले सार्वजनिक रूपमा यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जेनेभास्थित मुख्यालयमा कार्यरत एक वरिष्ठ प्रबन्धकलाई निलम्बन गरेको छ,।
इङ्गल्याण्डको नेशनल हेल्थ सर्भिसका लागि काम गर्ने २६ वर्षीया जुनियर डाक्टर रोजी जेम्सले बर्लिनमा भएको विश्व स्वास्थ्य शिखर सम्मेलनमा दुव्र्यवहार भएको गत महिना बताएकी थिइन्। अक्टोबर १६ देखि १८ सम्म भएको उक्त कार्यक्रम डब्लुएचओले संयुक्त रुपमा आयोजना गरेको हो । जेम्सले उक्त समयमा घटना रिपोर्ट गर्ने योजना बनाएको बताइन्।
कथित अपराधी बिदामा छ र अनुसन्धान चलिरहेको छु, डब्ल्यूएचओका प्रवक्ताले जेम्सको बयानको बारेमा रोयटर्सलाई भने । आरोपितको नाम गोप्य राखिएको छ ।
बर्लिन कार्यक्रमको अर्को आयोजक डब्लूएचएस फाउन्डेशन जीएमबीएचले आरोपहरूको ”तत्काल र राम्ररु“ छानबिन गर्न माग गरेको छ । यसैबीच डब्लूएओले सो घटनामा अनुसन्धान गरिरहेको जनाएको छ । ‘डब्ल्यूएचओले यस मुद्दामा अनुसन्धानको नेतृत्व गरिरहेको छु,’ डब्ल्यूएचएस फाउन्डेसनका प्रबन्ध निर्देशक डा जोर्ग हेल्डम्यानले विज्ञप्तिमा भने। एजेन्सी
















युक्रेनबारे यसै साता अबुधाबीमा वार्ता हुने क्रेमलिनद्वारा पुष्टि
बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण
पुस महिनाको मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत
त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया