शाहरुखको पठानमा २५ तारिखको संयोग

मुम्बई । बलिउड अभिनेता शाहरुख खानको नयाँ फिल्म ‘पठान’ को टिजर बुधबार सार्वजनिक गरियो । फिल्ममा शाहरुखको जबरदस्त एक्सनलाई प्राथमिकता देखाइएको छ । फिल्ममा शाहरुखका अलावा दीपिका पादुकोण र जोन अब्राहम पनि देखिएका छन् ।
सिद्धार्थ आनन्दको निर्देशन रहेको फिल्म २५ जनवरी, २०२३ मा रिलिज हुँदैछ । तर सायद कमैलाई थाहा होला, २५ जनवरीमा रिलिज हुने यो फिल्मको अन्य तीन कुरा पनि २५ तारिखसँग जोडिएका छन् ।
फिल्म समीक्षक तरण आदर्शले आफ्नो ट्वीटर हेण्डलमा यो कुराको जानकारी दिएका छन् । उनका अनुसार शाहरुख फिचर्ड फिल्मको फस्टलुक २५ जुनमा, दीपिकाको फस्टलुक २५ जुलाई र जोनको फस्टलुक २५ अगष्टमा सार्वजनिक गरिएको थियो ।
यद्दपि फिल्मको टिजर भने शाहरुखको जन्मदिन पारेर बुधबार अर्थात नोभेम्बर २ मा सार्वजनिक गरिएको थियो । निर्माण पक्षले फिल्म ट्रेलर २५ डिसेम्बरमा क्रिसमसको मौका पारी रिलिज गर्ने तयारी गरिरहेका छन् ।
सन् २०१८ मा फिल्म ‘जीरो’ पछि शाहरुख ‘पठान’मार्फत दर्शकमाझ आउँदैछ । यो फिल्मबाहेक उनी एटली कुमारको ‘जवान’ र राजकुमार हिरानीको ‘डंकी’मा देखिँदैछन् । ‘जवान’ जून, २०२३ र ‘डंकी’ डिसेम्बर, २०२३ मा रिलिज हुँदैछ ।एजेन्सी
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया