शाओमीले सार्वजनिक गर्यो नयाँ रेड्मी ए१ सिरिज

काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली बजारमा ए सिरिज सार्वजनिक गरेको छ । स्मार्टफोनका नयाँ प्रयोगकर्ताहरूलाई ध्यानमा राख्दै केटरिङ गरिएका रेड्मी ए १ र रेड्मी ए१ प्लस द्रुत इन्टरनेट, स्मुथ सफ्टवेयर अनुभव र ननस्टप मनोरञ्जन प्रदान गर्दछ ।
सार्वजनिक कार्यक्रममा नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले सबैका लागि उचित मूल्यमा उच्च गुणस्तरको स्मार्टफोन उपलब्द गराउने लक्ष्य राखेको शाओमीले स्मार्टफोनका नयाँ प्रयोगकर्ताहरूका लागि नयाँ रेड्मी सिरिज लञ्च गरेको बताए ।
उनले रेड्मी ए१ र रेड्मी ए१ं लन्च गरेसँगै कम्पनीले नयाँ प्रविधिहरू अनुकूलन गर्न र स्मार्टफोन प्रयोगकर्ताहरूलाई जीवनशैलीमा स्तरवृद्धि गराउन नयाँ स्मार्टफोन सेटहरुलाई अझ आकर्षक बनाउने डिजाइन, लामो ब्याट्री जीवन, र उत्कृष्ट क्यामेरा प्रणाली समावेश गरेको जानकारी दिए ।
उनका अनुसार रेड्मी ए१ २ जिबी प्लस ३२ जिबी भेरियन्टमा ११ हजार ९९९ मूल्यमा, रेड्मी ए१ प्लसको २जिबी +३२ जिबी र ३ जिबी+३२ जिबी भेरियन्टको मूल्य क्रमशः १२ हजार ४९९ र १३ हजार ९९९ मूल्य राखिएको छ ।

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
प्रतिक्रिया