लुटपाट गरेको आरोपमा ढाकामा चार चिनियाँ पक्राउ
काठमाडौँ । बङ्गलादेशको राजधानी ढाकास्थित उत्तरा उपनगरबाट ५० लाख टाका (रूपैयाँ) लुटपाट गरेको आरोपमा चार जना चिनियाँ नागरिकलाई बिहीबार पक्राउ गरिएको छ ।
ढाका मेट्रोपोलिटन प्रहरीले चारै जना नागरिकलाई प्रहरी हिरासतमा राखेर सोधपुछ गरिएको जनाएको छ । चिनियाँ नागरिक ली वेन जिङ र उनका बङ्गलादेशी पति शाह जहाँगीरको सम्लग्नता रहेको हुन सक्ने प्रहरीले बताएको छ । यो दम्पतीले उत्तरा ३ नं.सेक्टरअन्तर्गत रोड ८ मा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका छन् ।
जहाँगीरकी पत्नी ली वेन जिङले आफ्नो रेष्टुरेण्टका लागि चिनियाँ सामान आपूर्ति गरेबापत चेन योङ नाम गरेका व्यक्तिलाई ५० लाख बङ्गलादेशी टाका दिन तयार भएको बताएकी छन् । तर, उत्तराको पश्चिमी प्रहरी स्टेशनमा दर्ता गरिएको मुद्दाअनुसार उनले अर्का चिनियाँ नागरिक जिलिनमार्फत यो सम्झौता गरेकी बताइएको छ ।
बुधबार साँझ जिलिन ली वेन जिङको रेष्टुरेण्टमा चेन योङलाई ५० लाख रुपैयाँ दिन पर्खिरहे पनि चेन याङ आउन ढिला गरेको र सोही दिन निकै पछि एक महिलासहित केही चिनियाँ नागरिकहरू चेन याङ प्रतिनिधिको नाममा रेस्टुरेण्टमा आएका थिए ।
उनीहरूले जिलिनलाई चेन याङले ५० लाख टाका जम्मा गर्न पठाएको बताएका थिए । जिलिनले चेन याङको उपस्थितिबिना पैसा दिन इन्कार गरे पनि उनीहरूले पैसा लिएर गएको बताइएको छ ।
ढाका महानगर प्रहरी (डीएमपी)का उत्तरा डिभिजनका उपआयुक्त मोर्शेद आलमले राष्ट्रिय बङ्गला दैनिक समकललाई बताएअनुसार शहरको बारिधारा र उत्तरा क्षेत्रमा छापा मारेर चार जना चिनियाँ नागरिकलाई पक्राउ गरी अनुसन्धानका लागि सुरक्षा नियन्त्रणमा लिइएको छ ।















यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले पाए सफाइ
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
प्रतिक्रिया