सुर्खेत कारागारमा एक सय एक मतदाता

प्रतिनिधिसभा र प्रदेशसभाको आसन्न निर्वाचनमा जिल्ला कारागारका कैदीबन्दीले पहिलोपटक मतदान गर्न पाउने भएका छन् । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा कारागारका एक सय एक कैदीबन्दीले अस्थायी मतदाताका रुपमा भोट हाल्न पाउने कारागारका सूचना अधिकारी भुवन गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार कैदीबन्दीले प्रतिनिधिसभाको समानुपतिकतर्फ मात्रै मताधिकार प्रयोग गर्नेछन् ।
कारागार कार्यालयबाट एक सय दुईजना कैदीबन्दीको नामावली निर्वाचन आयोगमा पठाइएकामा एकजनाको नाम मात्र मतदाता नामावलीबाट छुटेको उहाँले बताउनुभयो । कारागारमै मतदान केन्द्र तोकिएकाले मतदान गराउन कारागारमै कर्मचारी पुग्ने निर्वाचन आयोगले जनाएको छ । विभिन्न कसुरमा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान गरिरहेका, मुद्दाको किनारा नलागी पुर्पक्षमा रहेका तथा बिगो÷जरिवाना तथा धरौटी तिर्न नसकी थुनामै रहेका गरी जिल्ला कारागारमा तीन सय ७२ कैदीबन्दी छन् । कारागार कार्यालयका अनुसार तीन सय ३२ पुरुष, ४० महिला र आश्रित चार बालबालिका छन् । मतदाताको अन्तिम नामावलीमा नाम भएका र अस्थायी मतदाताका लागि तोकिएको अवधिभित्र विवरण पेस गरेकाहरु अस्थायी मतदाता बन्न पाउने व्यवस्था छ ।
















राष्ट्रियसभामा दुई प्रतिवेदन पेस
बजाज ‘नेक्स्ट जेन महा-एक्सचेन्ज कार्निभल’ आकर्षक एक्सचेन्ज अफर
युरोपेली युनियनद्वारा रूसी ग्यासमा प्रतिबन्ध
नवीकरणीय ऊर्जाका लागि सशक्त कानुन बनाइँदै छ : मन्त्री सिन्हा
धनुषाका १९४ मतदानस्थल अतिसंवेदशनशील
दुई हजार एक सय जना एमालेमा प्रवेश
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
निर्वाचन आयोगले सार्वजनिक गर्याे उम्मेदवारको वैयक्तिक विवरण
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
प्रतिक्रिया