घर कता हो बैनीको… गीतका गायकले गरे आत्महत्याको प्रयास
मेरोन्यूज
२०७९ कार्तिक २१ गते १४:२२

काठमाडौँ । छोटो समयमा नै चर्चित बनेका गायक प्रकाश दूतराजले आत्महत्याको प्रयास गरेका छन् । सांगीतिक कार्यक्रम गर्न अष्ट्रेलिया पुगेका उनले झुण्डिने प्रयास गरेका हुन् ।
गायिका भूमिका त्रिपाठीसहित दूतराज कन्सर्टका लागि गत अक्टोबर २० गतेदेखि अष्ट्रेलियामा छन् । आयोजकले राखेको फ्ल्याटको आफू सुत्ने कोठामा दूतराजले झुण्डिने प्रयास गरेको स्रोतले जानकारी दियो ।
उनले अष्ट्रेलिया पुगेपछि आफ्नो सामाजिक सञ्जालमा लेखेका थिए, ‘रातैभरि झिलिमिली बलिरहने शहरमा हुँदा पनि मन एउटै टुकीले उज्यालो बनाउने घरमै जाँदो रैछ ।
उनले ‘घर कता हो बैनीको’, ‘जाम भो माइली’, ‘चोली मैलै भो’, ‘रेलिमाई’जस्ता चर्चित गीतहरू गाएका छन् ।
सम्बन्धित
















प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
गृहमन्त्रीद्वारा काठमाडौँका कारागारहरूको निरीक्षण- सुधारका लागि निर्देशन
२३ सदस्यीय महिला फुटबल टोली घोषणा
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
प्रतिक्रिया