२३ सदस्यीय महिला फुटबल टोली घोषणा

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले चीनको युनान प्रान्तीय युवा टोलीविरुद्ध मैत्रीपूर्ण खेलका लागि आज २३ सदस्यीय नेपाली राष्ट्रिय यु–२० महिला टोली घोषणा गरेको छ ।
चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा नेपालस्थित चिनियाँ दूतावास र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा उक्त खेल हुन लागेको हो । मैत्रीपूर्ण खेल यही माघ १७ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ ।
टोलीमा अमिता भुल, अनिशा राई, अस्मिता गुरुङ, भावन परियार, बिर्सना चौधरी, गङ्गा रोकाया, झुमा विश्वकर्मा, कविता गुरुङ, करुणा बुढाथोकी, कुसुम खतिवडा, लीला जोशी र मीना देउवा रहेका छन् ।
यसैगरी सजिना स्याङ्तान, समीक्षा मगर, सङ्गीता अधिकारी, सानिमामाया लो, सरिताकुमारी नाथ, सेमिहाङ लिम्बू, सिमरन राई, सुजाता तामाङ, पुनम चेमजोङ, पूर्णिमा राई र शुक्रिया मिया टोलीमा छन् ।
टोलीको मुख्य प्रशिक्षकमा यमप्रसाद गुरुङ छन् ।
















फोहरलाई वर्गीकरण गरेर राख्न टीकापुर नगरपालिकाको आग्रह
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
बुटवल–नारायणगढ सडक अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
इरान युद्ध र ट्रम्पको अल्टिमेटमबारे रुस र चीनका विदेशमन्त्रीको वार्ता
फेवाताल जग्गा प्रकरणमा आफू ठगिएको गृहमन्त्री गुरुङको दावी
प्रतिक्रिया