आँखा जाँच शिविरमा ६२ जनाको मोतिविन्दुको शल्यक्रिया

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा आयोजना गरिएको तीन दिने निःशुल्क आँखा जाँच शिविरमा ६२ जनाको मोतिविन्दुको शल्यक्रिया गरिएको छ ।
शनिबारदेखि सोमबारसम्म सञ्चालन गरिएको निःशुल्क आँखा शल्यचिकित्सा शिबिरमा कुल ७६५ जनाले आँखा जाँच गराएकामा एक बच्चासहित ७२ जनाको मोतिविन्दुको शल्यक्रिया गरिएको हो ।
पहिलो चरणको कोभिड–१९ को महामारीअघि सञ्चालन गरिएको घरदैलो अभियान, वर्षदिनको अवधिमा दैनिक ओपिडि सेवा, बिश्व दृष्टि दिवसको अवसरमा गत असोजमा हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा आयोजना गरिएको आँखा उपचार शिविर, केही समयअघि हलेसीमा आयोजना गरिएको ज्येष्ठ नागरिक आँखा जाँच तथा चश्मा वितरण शिबिर तथा शिबिरमा आएकामध्ये मोतिबिन्दु भएका बिरामीको पनि शल्यक्रीया गरिएको हो ।
सगरमाथा चौधरी आँखा अस्पताल लाहानको प्राविधिक सहयोगमा आयोजना गरिएको शिबिरमा १३ जनाको शल्यक्रीया गरेर आँखामा पलाएको मासु हटाइएको छ ।
आँखा तथा कान उपचार केन्द्र हलेसीमा आयोजना गरिएको शिबिरमा आँखा जाँच गर्नुका साथै निःशुल्क औषधि वितरण गरिएको छ । आवश्यक पर्ने बिरामीलाई सुथप मूल्यमा चश्मा वितरण गरिएको छ । आँखा सम्वन्धी समस्याबाट ग्रसित बिरामीलाई लक्षित गर्दै हलेसी तुवाचुङ नगरपालिका, नेपाल नेत्र ज्योती संघ खोटाङ, आँखा तथा कान उपचार केन्द्र हलेसी र आँखा तथा कान उपचार केन्द्र, सहयोग समितिले संयुक्त रुपमा निःशुल्क आँखा जाँच शिबिर आयोजना गरेको हो । आँखाको गुमेको ज्योती पुःन फर्कदा वृद्धवृद्धा हर्षित भएका छन् ।
मोतिविन्दु भएका, आँखामा मासु पलाएका, मासुको डल्लो पलाएको, परेलाभित्र पसेको लगायतका समस्या झेलिरहेका सर्वसाधारणलाई लक्षित गर्दै निःशुल्क आँखा जाँच शिबिर आयोजना गरिएको आँखा तथा कान उपचार केन्द्र हलेसीका प्रमुख सुरेन्द्र श्रेष्ठले बताए ।
निःशुल्क आँखा जाँच शिबिरका लागि सगरमाथा चौधरी आँखा अस्पताल लाहानबाट १४ जना शल्यक्रिया टोली हलेसी आएका थिए । आँखाको उपचारका लागि छिमेकी जिल्ला ओखलढुंगा, उदयपुर र सोलुखुम्बुबाट समेत बिरामी हलेसी पुगेकाको नेपाल नेत्र ज्योती संघले जनाएको छ ।
















राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
मन्त्रीहरूको वरीयता हेरफेर, सुधन पुगे पाँचौँ नम्बरमा
एमालेका महिला सांसदद्वारा ‘साइबर बुलिङ’का विषयमा उजुरी
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
प्रतिक्रिया