मंगलबार, माघ १३, २०८२

मुगुबाट सुर्खेततर्फ आउँदै गरेको जिप कालीकोटमा दुर्घटना

एकको अवस्था गम्भीर

मेरोन्यूज २०७९ कार्तिक २२ गते १२:४५

मुगु । मुगुबाट सुर्खेततर्फ आउँदै गरेको जिप कालीकोटमा दुर्घटनामा परेको छ। मंगलबार करिब १२ बजे कालीकोट जिल्लाको तिलागुफा नगरपालिका खलागाड नजिक दर्घटनामा परेको हो। जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले भे १ ज ४४१२ नम्बरको जिप दुर्घटनामा परेको जानकारी दिए।

जिपमा सवार चार जना घाइते भएका छन् भने एकको अवस्था गम्भीर रहेको छ। साथै अन्य ६ जना सामान्य घाइते भएका प्रहरीले जनाएको छ ।
उनीहरुको हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईहरको प्रहरीको जनाएको छ । जिप के कारणले दुर्घटनामा परेको हो भन्नेबार खुलेको छैन्।

प्रतिक्रिया