अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं । काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ मिलिग्राम सहित झापा कन्काई नगरपालिका-४ घर भएका २६ वर्षीय एन्जल उप्रेतीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
विराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख १२०६ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा खल्तीभित्र लुकाइ ल्याउँदै गरेको उक्त पदार्थ सहित फेला पारी बसमा सवार उनलाई पक्राउ गरेको हो ।
बाँके, खजुरा गाउँपालिका-१ बिरपुरबाट अवैध लागूऔषध ब्राउनसुगर १० ग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय दिलिप खनाललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त ब्राउनसुगर सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
















राष्ट्रियसभामा दुई प्रतिवेदन पेस
बजाज ‘नेक्स्ट जेन महा-एक्सचेन्ज कार्निभल’ आकर्षक एक्सचेन्ज अफर
युरोपेली युनियनद्वारा रूसी ग्यासमा प्रतिबन्ध
नवीकरणीय ऊर्जाका लागि सशक्त कानुन बनाइँदै छ : मन्त्री सिन्हा
धनुषाका १९४ मतदानस्थल अतिसंवेदशनशील
दुई हजार एक सय जना एमालेमा प्रवेश
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
निर्वाचन आयोगले सार्वजनिक गर्याे उम्मेदवारको वैयक्तिक विवरण
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
प्रतिक्रिया