बिहीबार, चैत ५, २०८२

खल्तीबाट सय रुपैयाँमा जित्नुहोस् ‘आइमा इ स्कुटर’

मेरोन्यूज २०७९ कार्तिक २५ गते १७:०७

Advertisement
nepal life insurencenepal life insurence

काठमाडौँ । खल्तीले आफ्ना ग्राहकलाई सय रुपैयाँको टपअप गरी ‘आइमा इ स्कुटर’ जित्ने अफर ल्याएको छ । यसका साथै हरेक हप्ता एक जना भाग्यशाली प्रयोगकर्ताले आइमाको तर्फबाट पुरस्कार जित्ने मौका पाउने छन् ।

प्रयोगकर्ताले यस अफरमा सहभागी हुनका लागि खल्ती एपको ‘फिचर सेक्सन्’मा गएर “खल्तीमा आइमा इ स्कुटर” आइकनबाट सय रुपैयाँको रिचार्ज टपअप गर्नु पर्ने छ । आफ्नो जित्ने सम्भावना बढाउन प्रयोगकर्ताले जुनेसुकै मोबाइल नम्बरमा जतिपटक पनि रिचार्ज गर्न सक्ने छन् ।

सहभागीमध्ये अफरको अन्त्यमा एक जना भाग्यशाली बिजेताले बम्पर उपहार स्वरूप आइमा इ स्कुटर प्राप्त गर्ने छन् । साथै, हरेक हप्ता एक जना भाग्यशाली प्रयोगकर्ताले आइमाको तर्फबाट पुरस्कार जित्ने छन् ।

यो अफर कार्तिक २४ देखि पौष १६ सम्म लागु हुनेछ । अफर समाप्त भएको सात दिनभित्र खल्तीको फेसबुक पेजमा फेसबुक लाइभमार्फत लक्की ड्र गरी “खल्ती आइमा इ–स्कुटर”को पुरस्कार विजेता घोषणा गर्ने छ ।

यस अफरका बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “हामी फेरि हाम्रो फ्ल्यागशिप अफरमा फर्केका छौँ र यस पटक भाग्यशाली विजेताले एक इलेक्ट्रिक स्कुटर जित्नेछन् जुन हाम्रो अघिल्लो ‘वान प्लस १० प्रो र आइफोन १३ को अफरहरू भन्दा फरक छ। साथै, यस अफर मार्फत, हामीले आइमा इलेक्ट्रिक स्कुटरसँगको हाम्रो साझेदारीमा दिगो वातावरणका लागि प्रयोगकर्ताहरूलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेका छौँ ।’

प्रतिक्रिया