बिहीबार, चैत ५, २०८२

नेपाल टेलिकमको सामूहिक सन्देश प्रभावकारी बन्दै

मेरोन्यूज २०७९ कार्तिक २५ गते १७:४४

काठमाडौँ । नेपाल टेलिकमले एकैपटकमा एउटै सन्देश धेरै मोबाइल नम्बरमा पठाउन सकिने गरी ल्याएको सामूहिक सन्देश सेवा प्रभावकारी बनेको छ । यो सेवाअन्तर्गत आफ्नै मोबाइल नम्बरबाट इच्छाइएका मानिसको मोबाइलमा सुलभ दरमा सन्देश पठाउन सकिन्छ ।

Advertisement
nepal life insurencenepal life insurence

यसअन्तर्गत उपलब्ध अफर उपयोग गरी सन्देश पठाउँदा प्रति सन्देश शुल्क जम्मा ५० पैसा मात्र लाग्दछ । यस अफरमा आवश्यकता बमोजिम दुई हजार, पाँच हजार र दश हजार वटा मोबाइल नम्बरमा एकैपटक वा पटक पटक सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । जम्मा दुई हजार सन्देश पठाउन सकिने प्याकअन्तर्गत एक हजार रुपैयाँमा दुई दिनभित्रमा दुई हजार सन्देश पठाउन सकिन्छ ।

यसैगरी पाँच हजार सन्देश पठाउन सकिने प्याकअन्तर्गत जम्मा २५ सयमा पाँच दिनभित्र पाँच हजार सन्देश पठाउन सकिन्छ । यसका साथै दश हजार वटा सन्देश पठाउन सकिने प्याकअन्तर्गत जम्मा पाँच हजार रुपैयाँ लाग्ने छ । जसमा दश दिनभित्रमा जम्मा दश हजार वटा सन्देश पठाउन सकिन्छ । यस अफरमा कम्पनीको नेटवर्कभित्र मात्र सन्देश पठाउन सकिन्छ ।

यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको आफ्नै नाममा कम्पनीको सिमकार्ड हुनु पर्नेछ । प्रेषित सन्देशको भाषा, शब्द र भावका बारेमा पठाउने व्यक्ति स्वयं पूर्ण जिम्मोवार हुनु पर्नेछ ।

प्रतिक्रिया