मंगलबार, माघ १३, २०८२

सवारी दुर्घटनामा एक जनाको मृत्यु

मेरोन्यूज २०७९ कार्तिक २७ गते ७:३१


धादिङ । धादिङमा जीप दुर्घटनामा परी एक जनाको ज्यान गएको छ ।

शनिबार राति सवा ८ बजे ज्वालामुखी गाउँपालिका-४ टारीमा ग १ ज ५५८० नम्बरको धानको पराल बोकेको जीप दुर्घटना भएको हो । दुर्घटनामा स्थानीय उत्तम अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामकुमार खत्रीले जानकारी दिए।

उनका अनुसार जीप अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खसेको थियो ।

प्रतिक्रिया