अनुपम खेरले नै पाएनन् उचाइको टिकट !
मुम्बई ।निर्देशक सुरज बडजात्याको फिल्म ‘उचाइ’ गत शुक्रबारबाट प्रदर्शनमा आइसकेको छ । भारतमा कम स्क्रिनमा रिलिज भए पनि फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।
यही बीचमा फिल्मका मुख्य कलाकारमध्ये एक अनुपम खेरले एक भिडियो सामाजिक सञ्जालमा साझा गर्दै आफूले ‘उचाइ’को टिकट नपाएको उल्लेख गरेका छन् । भिडियोमा उनी मुम्बईको कुनै एक थिएटरमा पुगेका छन् । उनले टिकट मागिरहँदा टिकटवालाले फिल्म हाउसफूल भएकाले टिकट दिन नमिल्ने भनेका छन् ।
भिडियोमा अनुपम सुट लगाएर थिएटर बाहिर उभिएका छन् । आफूले अभिनय गरेको फिल्मको टिकट आफूले नै नपाउनु आश्चर्यजनक रहेको भन्दै खुशी व्यक्त गरेका छन् । यो कुरा उनले निर्देशक सुरजलाई पनि बताएका छन् ।
‘मैले उचाइको टिकट पाइनँ । पहिलोपटक असफलतामा सफलता देखें । म खुशीले पागल झैं भएको छु । जे पनि हुनसक्छ । जय हो’, उनले ट्वीटरमा भिडियो शेयर गर्दै लेखेका छन् ।
नेपालमा ७० प्रतिशत छायांकन गरिएको फिल्ममा अमिताभ बच्चन, बोमन ईरानी, डेनी डेन्जोङ्पा र परिणिती चोपडाको पनि अभिनय छ ।एजेन्सी
















लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै
वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुमा बस दुर्घटना २६ जना घाइते
भक्तपुरमा आजदेखि बिस्का: जात्रा सुरु हुँदै
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
प्रतिक्रिया