ट्वीटरका नयाँ मालिक मस्कले जी २० को बैठकलाई सम्बोधन गर्ने
मेरोन्यूज
२०७९ कार्तिक २७ गते १४:१८

काठमाडौँ । अमेरिकी अर्बपति तथा ट्वीटरका नयाँ मालिक एलोन मस्क जी २० शिखर सम्मेलनको साइडलाइन बैठकमा सहभागी हुने भएका छन् ।
उनी इण्डोनेसिया नगई भर्चुअल रूपमा उपस्थित हुने एक वरिष्ठ इण्डोनेसियाली अधिकारीले जानकारी दिए । उनले बालीको रिसोर्ट टापुमा जी २० व्यापार सम्मेलनलाई सम्बोधन गर्ने बताइएको छ ।
यस्तै, जी २० ले अमेजनका संस्थापक जेफ बेजोस, क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजलाई सहभागीका रूपमा सूचीबद्ध गरेको छ ।
इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोले यस वर्षको सुरुमा टेस्लाले देशको निकेल उद्योगमा लगानी गर्नेबारे कुराकानी गर्न मस्कलाई भेट्न टेक्सासको यात्रा गरेका थिए ।
सम्बन्धित
















दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
मनास्लु र बाल व्यवसायी फाइनलमा
भारतमा मतगणनाः मोदीका लागि निर्णायक घडी
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया