ट्वीटरका नयाँ मालिक मस्कले जी २० को बैठकलाई सम्बोधन गर्ने
मेरोन्यूज
२०७९ कार्तिक २७ गते १४:१८

काठमाडौँ । अमेरिकी अर्बपति तथा ट्वीटरका नयाँ मालिक एलोन मस्क जी २० शिखर सम्मेलनको साइडलाइन बैठकमा सहभागी हुने भएका छन् ।
उनी इण्डोनेसिया नगई भर्चुअल रूपमा उपस्थित हुने एक वरिष्ठ इण्डोनेसियाली अधिकारीले जानकारी दिए । उनले बालीको रिसोर्ट टापुमा जी २० व्यापार सम्मेलनलाई सम्बोधन गर्ने बताइएको छ ।
यस्तै, जी २० ले अमेजनका संस्थापक जेफ बेजोस, क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजलाई सहभागीका रूपमा सूचीबद्ध गरेको छ ।
इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोले यस वर्षको सुरुमा टेस्लाले देशको निकेल उद्योगमा लगानी गर्नेबारे कुराकानी गर्न मस्कलाई भेट्न टेक्सासको यात्रा गरेका थिए ।
सम्बन्धित











युक्रेनी नेता जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फ्लोरिडामा भेटवार्ता हुने
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
दुई दिनदेखि बेपत्ता रहेका व्यक्ति मृत फेला, हत्याको आशङ्का
म्यान्मामा पाँच वर्षपछि पहिलो पटक आम चुनाव हुँदै
रवि र बालेन सहमति नजिक, भोलि अन्तिम रूप दिने तयारी
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया