चुनाव खर्च उठाउन केबलकारको भाडा वृद्धि

दोलखा । कालिञ्चोक केबलकारको भाडा बढाइएको छ । चुनावको मुखमा भाडा बढाइएपछि चुनाव खर्च उठाउन भाडा बढाइएको टिप्पणी हुन थालेको छ ।
कालिञ्चोक दर्शन लिमिटेडले पर्यटकीय सिजन सुरु भएसँगै २० प्रतिशत भाडा बढाउँदा कालिञ्चोक आउने पर्यटकहरू मर्कामा पर्ने देखिएको छ । जसका कारण पर्यटकहरूमा नकारात्मक प्रभाव पर्ने देखिएको छ । कालिञ्चोक दर्शन लिमिटेडले २० प्रतिशत भाडा बढाएर प्रतिव्यक्ति ६ सय पुर्याएको छ ।
प्रतिनिधिसभाका लागि दोलखाबाट नेकपा एमालेले बालकृष्ण शिवाकोटीलाई उम्मेदवार बनाएको छ । शिवाकोटी कालिञ्चोक दर्शन लिमिटेडका अध्यक्षसमेत हुन् । सोही कारण उम्मेदवारी दर्ता गराएपछि चुनाव खर्च उठाउन शिवाकोटीले केबलकारको भाडा बढाएको टिप्पणी हुने गरेको छ ।
४ वर्षअघि सञ्चालनमा आएको केबलकारमा ४ वटा गोण्डला छन् । हरेक डब्बामा १० जना बस्न सकिने क्षमता छ । केबलकारको भाडा यसअघि ५ सय रहेकोमा दसैँ अघिदेखि १०० रुपैयाँ बढेको हो ।
कुरीबाट कालिञ्चोकसम्म पुग्नका लागि केबलकारको लम्बाइ ९ सय मिटर छ । यसमा एकतर्फी यात्रा गर्न ४ मिनेट लाग्छ । कालिञ्चोक केबलकार मनकामना र चन्द्रागिरि हिल्सपछिको तेस्रो केबलकार हो । मनकामनामा ३ किलोमिटर लामो केबलकारको ७ सय र चन्द्रागिरि ४ किलोमिटरको भाडा ८ सय रुपैयाँ मात्रा जबकी ९ सय मिटर लामो कालिञ्चोक केबलकारको भाडा भने ६ सय पुर्याइएको छ ।
कालिञ्चोकको कुरीबाट मन्दिरसम्म पुग्न एक किलोमिटर उकालो हिँड्नुपर्छ । कतिपय धार्मिक पर्यटकहरू त्यही उकालो चढ्न नसकेकै कारण बीच बाटोबाटै फर्किन बाध्य हुने गरेका छन् । केबलकार निर्माणपछि कालिञ्चोक धार्मिक पर्यटकहरू बढेका छन् । तर, भाडा वृद्धिले कालिञ्चोकमा यात्रुहरूमा असर गरेको कालिञ्चोक मन्दिर तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष सुकमान तामाङले बताए ।
२६ करोड रुपैयाँको लागतमा निर्माण गरिसक्ने लक्ष्य लिए पनि केबलकारको लागत ४० करोड रुपैयाँ पुगेको थियो । सञ्चालन खर्च धान्न नसक्ने भएकाले भाडा बढाउनु परेको कालिञ्चोक दर्शन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले बताए । भाडा बढेपछि कतिपय यात्रु भने हिँडेरै मन्दिर जान थालेका छन् ।
केबलकार बनेको क्षेत्र कालिञ्चोक गाउँपालिका वडा नं. १ र ५ बीच सीमाको स्वामित्व विवाद छ । त्यसैगरी केबलकारले भोगचलन गरेको जग्गा समेत गुठी र वन कसको भन्ने समेत विवाद छ । केबलकार सञ्चालन शिवाकोटीले पहुँचका भरमा गुठी बनाएर कम्पनीले भने गुठीसँग सम्झौता गरेको छ ।
जग्गासम्बन्धी विवाद अख्तियारले छानबिन गरिरहेको छ । जग्गा विवादकै कारण केबलकार निर्माणका बेला पटक पटक स्थानीयसँग झडप भएको थियो ।

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
प्रतिक्रिया