मंगलबार, माघ १३, २०८२

भारत लैजान्छु भन्दै बालिकालाई बलात्कार गर्ने भारतीय युवक पक्राउ

मेरोन्यूज २०७९ कार्तिक २८ गते १९:११

काठमाडौँ । एक बालिकालाई बलात्कार गरेको आरोपमा भारत मोतिहारी पताही थाना देवापुर ९ घर भई काठमाडौं महानगर १२ भोटेवहाल बस्ने २० वर्षीय रेहान शेख पक्राउ परेका छन् ।

बालिकालाई ललितपुर जावलाखेलस्थित नमस्ते सुविधा गेष्ट हाउसअगाडि रोइरहेको अवस्थामा गस्तीमा रहेको प्रहरीले फेला पारेर सोधपुछ गर्ने क्रममा शेखको नाम लिइएकी थिइन् ।

उनले बालिकालाई फकाएर भारत घरमा लैजान्छु भन्दै बलात्कार गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया