बिहीबार, चैत ५, २०८२

प्रभु क्यापिटल र क्रिष्टल डाइग्नोष्टिकबीच सेवामा छुट दिने सम्झौता

मेरोन्यूज २०७९ कार्तिक २९ गते १७:२४

काठमाडौँ । प्रभु क्यापिटल तथा क्रिष्टल डाइग्नोष्टिकबीच प्रभु क्यापिटलका हितग्राहीको लागि विशेष छुट सम्झौता भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

आज मंगलबार दुवै पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर गरी सम्झौता भएको हो । सम्झौताअनुसार क्यापिटलका सबै हितग्राहीले ल्याबको सम्पूर्ण सेवा सुविधामा २० प्रतिशत छूट पाउने छन् ।

यो अफरबाट लाभ लिन हितग्राहीले आफ्नो प्रभु क्यापिटलको एप्स डाउनलोड गरी डिम्याट खाता लिङ्क गरेको देखाउनु पर्नेछ । सम्झौतामा क्यापिटलले गर्ने सामाजिक उत्तरदायित्वका कार्यहरू स्वास्थ्य शिविर, रक्तदान शिविर आदि गतिविधिमा समेत ल्याबले सहयोग गर्ने क्यापिटलले जनाएको छ ।

काठमाडौंको सिनामंगलमा अवस्थित क्रिष्टल नेशनल प्बलिक हेल्थ ल्याबोरेटरीबाट मान्यता प्राप्त आधुनिक प्रविधि र विभिन्न सेवाहरू सहितको एक अत्याधुनिक प्याथलोजिकल ल्याब हो ।

नेपाली पूँजी बजारमा ख्ष्मभय प्थ्ऋ मार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको पहिलो तथा एकमात्र मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले समयानुसारकोे प्रविधि अपनाउदै आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दछ ।

एप डाउनलोड गर्न एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ डाउनलोड गर्नुहोस् ।

प्रतिक्रिया