पर्साका सीमा नाका मंसिर १ गतेदेखि बन्द हुने
मेरोन्यूज
२०७९ कार्तिक ३० गते ६:४६

वीरगञ्ज । भारतसँग सीमा जोडिएको पर्सा जिल्लाका सम्पूर्ण सीमा नाका मंसिर १ गतेदेखि बन्द हुने भएको छ । मंसिर ४ गते हुने प्रतिनीधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरेर मंसिर १ गतेदेखि सीमा नाका बन्द गर्न लागिएको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले सूचना जारी गर्दै निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न सीमा नाका बन्द गर्ने निर्णय गरिएको जानकारी दिएका हुन् ।
मंसिर १ गते रातको १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्म सम्पूर्ण सीमा नाका बन्द रहने उनले बताए । भारतीय सुरक्षा निकायसँग बैठक गरेर यसअघि नै निर्वाचन सुरक्षाका लागि ७२ घण्टा सीमा सिल गर्ने निर्णय भएको थियो ।
सम्बन्धित
















विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ / छ जना प्रतिस्पर्धामा
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया