चितवनमा चार महिनामै ४९ वन्यजन्तुको मृत्यु, कुकुरको आक्रमणबाट मात्रै १७ चित्तल मरे

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा चार महिनाको अवधिमा ४९ वन्यजन्तुको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी २८ चित्तल छन् ।
कुकुरको आक्रमणबाट १७ तथा सडक दुर्घटनामा र दलदलमा परेर एक–एक चित्तल मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
तिवारीका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखि यता चितवन राष्ट्रिय निकुञ्जमा दुई दुर्लभ एकसिङ्गे गैँडा मेरका छन् । एउटा गैँडाको प्राकृतिक ९उमेर पुगेर, बिरामी भएर, बाघको आक्रमणबाट आदि० कारणबाट र एउटा विद्युतीय करेन्ट लागेर मृत्यु भएको छ ।
त्यसैगरी एउटा सरकारी घरपालुवा र एउटा निजी हात्तीको प्राकृतिक कारणले मृत्यु भएको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । प्राकृतिक कारणले मृत्यु हुने जनावरमा तीन अर्ना, एक चितुवा, तीन गौँरीगाई, दुई कछुवा, एक लगुना र तीन घडियाल गोही रहेको तिवारीले जानकारी दिए ।
त्यस्तै एउटा प्राकृतिक कारण र एउटा कुकुरको आक्रमणबाट गरी दुई जरायोको पनि मृत्यु भएको छ । एउटा बँदेलको पनि मृत्यु भएको छ । निकुञ्जमा सबैभन्दा धेरै चित्तलको सङ्ख्या रहेको प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिए ।
















विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ / छ जना प्रतिस्पर्धामा
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया