नेपाल लाइफद्वारा ५४.७६ अर्ब दाबी भुक्तानी

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ५४.७६ अर्ब दाबी भुक्तानी गरेको छ । यो नेपालको बीमा क्षेत्रमा गरिएको सर्वाधिक दाबी भुक्तानी हो ।
नेपाल लाइफ इन्स्योरेन्सले ०७९ असोज मसान्तसम्म ५.०३ अर्ब मृत्यु दाबी, १५.२६ अर्ब अवधि समाप्ति दाबी भुक्तानी र १८.५३ अर्ब आंशिक अवधि भुक्तानी गरिसकेको छ । यसका साथै अन्य शिर्षक बीमा शुल्क भुक्तानी छुट, स्थायी पूर्ण अशक्तता दाबी, घातक रोगवापतको सुविधा र दुर्घटना मृत्यु लाभ सुविधा अन्तर्गत १५.९४ अर्ब कम्पनीले दाबी भुक्तानी गरिसकेको छ ।
बिमित र बिमकबीचको करार बमोजिम जोखिमको क्षति पश्चात वा अवधि समाप्तिपश्चातको रकम यथासमयमा भुक्तानी गर्न नेपाल लाइफ सदैव तत्पर रहेको कुरा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए ।
अवधि भुक्तानी दाबी बीमाको अवधि समाप्तिपश्चात भुक्तानी गरिन्छ भने मृत्यु दाबी तथा अन्य क्षतिको दाबी बीमा अवधिभित्र जुनसुकै समयमा घटित घटनापश्चात भुक्तानी गरिन्छ । तर, बीमा पूर्णतया अभिछिन्न चालु रहनु पर्दछ । त्यस्तै आंशिक अवधि भुक्तानी, निश्चित अवधिको अन्तराल पश्चात बीमा करारमा तोकिए बमोजिम रकम भुक्तानी गरिने गरिएको छ ।
बीमितहरुलाई छिटोछरितो चुस्त, दुरुस्त, तवरले दावी भुक्तानी गरिरहेको नेपाल लाइफ इन्स्योरेन्सले देशैभरि सातै वटा प्रदेशमा फैलिएर रहेका १९७ क्षेत्रीय कार्यालयहरुबाट बीमा सम्बन्धि सम्पूर्ण सेवाहरु गुणस्तरीय रुपमा प्रदान गर्दै आइरहेको छ ।

















आधारभूत प्राथमिक उपचार तालिम सञ्चालन गर्न सहकार्य
Chitwan and Koshi face severe blood crisis, Red Cross appeals for blood donation
सुनसरीमा सवारी दुर्घटना हँुदा एकको मृत्यु, एक जना घाइते
वन डढेलो रोक्न नवलपरासी पूर्वमा सचेतना सप्ताह सुरु
सिद्धार्थनगर नगरपालिकाद्वारा फोहोरलाई वर्गीकरण गर्न आग्रह
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
प्रतिक्रिया