देशभर ९०३ बम डिस्पोजल टोली परिचालन
काठमाडौँ । निर्वाचन सुरक्षाअन्तर्गत नेपाली सेनाले नौ सय ३० बम डिस्पोजल टोली खटाएको जनाएको छ ।
शुक्रबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहसचिव विनोद प्रकाश सिंहले नौ सय ३० बम डिस्पोजल टोली खटिसकेको र आवश्यकताअनुसार थप गर्न सकिने जानकारी दिए ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित रुपमा सम्पन्न गर्न विशेष सुरक्षा योजना तर्जुमा गरी सुरक्षाकर्मी परिचालन गरिएको गृह सचिव सिंहले बताए । पछिल्लो समय केही समूहले चुनाव विरोधी गतिविधि गरिरहेकोमा त्यस्ता गतिविधि सह्य नहुने र कडा रुपमा प्रहरी प्रशासन पस्तुत हुने गृह मन्त्रालयले जनाएको छ ।
निर्वाचनमा दुई लाख ९८ हजार पाँच सय ७९ सुरक्षाकर्मी परिचालन गरिएको मन्त्रालयको भनाइ छ । मौन अवधिमा राजनीतिक दल तथा उम्मेदवारहरुले पालना गर्नुपर्ने नियम र आचारसंहिता उल्लंघन लगायतका विषयको अनुगमकन लागि हरेक निर्वाचन क्षेत्रमा घुम्ती टोली खटाइएको मन्त्रालयले जनाएको छ ।
















भयावह बन्दै इरान प्रदर्शन, ६ हजारभन्दा बढीको मृत्यु, हजारौँ अझै बेपत्ता
युवराज सफल पक्राउ
दल र उम्मेदवारले बैंकिङ प्रणालीबाट कारोबार गर्नुपर्ने
Sri Lanka keeps watch as Nipah virus cases emerge in eastern India
काठमाडौंका ९ क्षेत्रमा निर्वाचन गराउने जिम्मा महिला निर्वाचन अधिकृतलाई
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
प्रतिक्रिया