विश्वकप फुटबलमा पहिलोपटक महिला रेफ्री
मेरोन्यूज
२०७९ मंसिर ३ गते ११:५१

काठमाडौं । विश्वकप फुटबलमा पहिलोपटक महिला रेफ्री सहभागी हुने भएकी छन्। फिफा विश्वकपको ९२ वर्षको इतिहासमा पुरुषले खेल्ने फुटवलमा पहिलोपटक महिला रेफ्री सहभागी हुन लागेको बीबीसीले उल्लेख गरेको छ।
रुवान्डाकी सलिमा मुकासांगा पुरुष टोलीको विश्वकपमा पहिलो महिला रेफ्रीका रूपमा छनौट भएकी छिन्। गत वर्ष उनले अफ्रिका कप अफ नेसनमा रेफ्रीको भुमिकामा देखापरेकी थिइन्। टोक्यो ओलम्पिकमा पनि उनी रेफ्री थिइन्।
३४ वर्षिय सलिमाले आफ्नका लागि निकै खुशी र गौरवको क्षण रहेको बताएकी छिन् । ‘यसअघि कहिले पनि यस्तो भएको थिएन। मेरा लागि निकै गौरवको क्षण हो। म पहिलोपटक पुरूष टोलीमा रेफ्रीको भुमिकामा उत्रनेछु र यसले अन्य महिला रेफ्रीका निम्ति अवसरको ढोका खोलिदिएको छ,’ उनले भनेकी छिन्।
सलिमा सन् २०१२ देखि फिफा रेफ्रीमा सुचीकृत थिइन्।
सम्बन्धित
















‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
भेनेजुएलाका अपदस्त राष्ट्रपति मदुरोलाई दोस्रो सुनुवाइका लागि बिहीबार न्यूयोर्कस्थित अदालतमा पेश
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः सभापति थापा
नेपालको विकास यात्रामा नयाँ सरकारसँग सहकार्य गर्न चीन उत्सुक
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रतिक्रिया