मंगलबार, माघ १३, २०८२

सुरक्षाकर्मी अभावमा ट्राफिक जाँच रोकियो

मेरोन्यूज २०७९ मंसिर ३ गते १४:०९

काठमाडौँ । रुपन्देही प्रहरीले सिद्धार्थ राजमार्गमा गरिरहेको नियमित जाँच हटाएको छ । भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै भैरहवा क्षेत्रमा पर्ने उक्त सडक खण्डमा हुँदै आएको सुरक्षा जाँच बन्द गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय मातहत रहेको बेलहिया बाइपास र अञ्चलपुरमा हुने नियमित जाँच हटाइएको छ । यस्तै, देवकोटा चोकस्थित प्रहरी बिट र बुद्धचोकमा तैनाथ सुरक्षाकर्मी पनि हटाइएको छ । 

प्रहरीले नियमित जाँचलाई निरन्तरता दिँदै थप सुरक्षा योजना गर्नु पर्नेमा भएको नियमित जाँचलाई समेत अहिले हटाइएको छ । बिहानैदेखि भैरहवाको हाटबजार, आँखा अस्पताल, मेउडिहवा मिलनचोकलगायत हाइवेको पश्चिमतर्फ मात्रै सुरक्षा जाँच भइरहेको छ । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले भएका प्रहरी निर्वाचनमा खटिएकाले जनशक्ति अभाव भएको बताए । उनले सुरक्षा जाँचमा केही ग्याप भएको बताए ।

निर्वाचनलाई लक्षित गर्दै जिल्लामा तीन हजार ९५ र एक हजार ७३६ नेपाल प्रहरी खटिएका छन् । अहिले मतपेटिका बढी हुने भएकाले पहिलाभन्दा धेरै सुरक्षाकर्मी तैनाथ छन् ।
 

प्रतिक्रिया