आमनिर्वाचन २०७९ः देशभर कहाँ कहाँ चल्यो गोली ?
काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतदान सकिएको छ । आइतबार सम्पन्न मतदानमा जनताको उत्साहजनक उपस्थिति हुन सकेन । मतदानका क्रममा देशभरका केही मतदानस्थलमा झडप भएको छ ।
केहीमा मतदान नै स्थगित भएको छ । निर्वाचन चलिरहँदा देशका कतिपय स्थानमा गोली समेत चलेको छ । सुरक्षा निकाय स्रोतका अनुसार नेपालमा आज २५ ठाउँमा गोली चलेको छ ।
जसमा प्रदेश १ को ताप्लेजुङमा १ स्थानमा गोली चलेको छ । मधेश प्रदेशको सिरहास्थित मिर्चैया बडहरामालमा, रौतहटको गुजरा(४ समेत गोली चलेको छ ।
बागमती प्रदेशको चितवन, दोलखाको तामाकोशी गुम्बेश्वरी मावि, जिरी ९ स्थित कालिाका मावि चिपचिपे, तामाकोशी २ अमर मावि भत्तेर चौर, जनज्योति मावि बैतेश्वर, कालापानी मावि जफे, कालिनचोक गाउँपालिका १ वडा कार्यालय बेगुम्पा, सुर्योदया प्रावि भदौरेमा गोली फायरिङ भएको छ ।
गण्डकी प्रदेशस्थित स्याङ्जाको चापाकोट नगरपालिका १ भानु मावि आदी चौघेरा, गल्याङ नगरपालिकास्थित आदर्श माविमा समेत गोली चलेको छ । कर्णाली प्रदेशको हुम्लास्थित देवकोटा आवि कुनापानी र मान्धारा मावि भकुण्डामा समेत गोली चलेको बताइएको छ ।
स्दूरपश्चिम प्रदेशस्थित बाजु्रा जिल्लाका स्वामीकार्तिक, छेडेदह, कैलाशेवरी मावि मना, सत्य मावि पाण्डुसैन र धुरालसेरा मावि डुगरीमा समेत गोली फायरिङ भएको छ । डोटीको राधाकृष्ण मावि गोपघाट, दार्चुलाको मालिकार्जुन मावि र बझाङको मष्टा आधार आवि बरेलथुममा समे गरी देशभर कूल २४ स्थानमा गोली चलेको छ ।
यद्यपि आमनिर्वाचनमा फाटफुट घटना भएपनि समग्रमा निर्वाचन शान्तिपूर्ण भएको निर्वाचन आयोगले जनाएको छ ।
















भयावह बन्दै इरान प्रदर्शन, ६ हजारभन्दा बढीको मृत्यु, हजारौँ अझै बेपत्ता
युवराज सफल पक्राउ
दल र उम्मेदवारले बैंकिङ प्रणालीबाट कारोबार गर्नुपर्ने
Sri Lanka keeps watch as Nipah virus cases emerge in eastern India
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
प्रतिक्रिया